प्रधानमन्त्री बिरुद्धको अविश्वासमा प्रचण्ड पक्षको पल्लाभारी

साउन ९, २०७३ मा प्रकाशित | 1006 views

९ साउन, काठमाडौं ।

व्यवस्थापिका संसदको भारी बहुमतले प्रधानमन्त्री निर्वाचित केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव पनि भारी बहुमतले पारित हुने देखिँदै छ। नागरिक दैनिकमा समाचार छ।

सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय शनिवार गरेपछि ओलीको विपक्षमा पल्लाभारी बन्दै गएको हो ।

अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको जवाफ र निर्णयार्थ मतदान आइतबार हुँदैछ।

नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते संसदमा दर्ता अविश्वास प्रस्तावका पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ।

प्रस्तावमाथि छलफलपछि आइतबार हुने मतदानमा ओलीविरुद्ध कम्तीमा ३ सय ६७ मत पर्ने कांग्रेस नेता विमलेन्द्र निधिले बताए।

संसदमा १९ दलले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेस, माओवादीसहितका दललाई जानकारी गराइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web