एनपीएलमा विराटनगरको लगातार दोस्रो हार

मंसिर १८, २०८१ मा प्रकाशित | 273 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ ।

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले ३/३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ५७ रन बनाए । विराटनगर किङ्ग्सका अनिल खरेलले ३ विकेट लिए ।

प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । सुदूरपश्चिमले भने जीतसँगै प्रतियोगिताको शुरुआत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web