एनपीएलमा आज काठमाण्डौ र चितवन तथा जनकपुर र कर्णाली खेल्दै

मंसिर १७, २०८१ मा प्रकाशित | 240 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अस्तिदेखि शुरू भएको पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन् । उद्घाटन खेलमा अस्ति विराटनगर किङ्ग्सलाई हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुआत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web