भ्याली पब्लिक र डाफोडिलको जित

साउन ८, २०७३ मा प्रकाशित | 755 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन ८ । भ्याली पब्लिक ‘बी’ र डाफोडिलले प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको गल्र्सतर्फ शनिबार जित हात पारेका छन् । भ्याली पब्लिक ‘बी’ ले गोल्डेनपिकलाई १४–१० ले पराजित ग¥यो । विजेताकी सविना सुवेदीले ८ अंक जोडिन् । डाफोडिलले मन्जुगोक्सालाई १२–११ को साँघुरो अन्तरले हरायो । विजयी टिमका लागि प्रकृतिले ६ अंक जोडिन् ।&nbsp;</span><span style="line-height: 1.42857143;">गल्र्सकै अन्य लिग खेलमा बाबाले बुद्ध एकेडेमीलाई १३–११ तथा निम्सले भ्याली पब्लिक ‘ए’ लाई २६–२२ ले निराश पारे । जितमा बाबाकी डिक्की लामा शेर्पाले ७ तथा निम्सकी मनीषा तामाङले १२ अंक योगदान गरे ।</span></p><p>स्टुडेन्ड काउन्सिल अफ माउन्ट कैलाशद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा निम्स र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) ले सफलता हात पारे । निम्सले भ्याली पब्लिक विरुद्ध ४०–३० को जित निकाल्यो । निम्सका बुद्ध मगरले ११ स्कोर गरे । एचएचसीएले नेरिक एकेडेमीमाथि ५४–३२ को जित रच्यो । एचएचसीएका विशाल राईले १८ स्कोर गरे ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web