एनपीएलको खेल तालिका सार्वजनिक

मंसिर ४, २०८१ मा प्रकाशित | 310 views


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक गरेको हो ।

तालिकाअनुसार उद्घाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्ट मङ्सिर १५ गते शनिवार दिउँसो सवा १२ खेल्नेछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुनेछ । मङ्सिर १६ गते उपचुनावका कारण खेल हुने छैनन् ।

१७ गतेदेखि भने दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ । लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछ । लिगको शीर्ष दुईमा रहने टोलीले सीधै क्वालिफायर खेल्ने छ । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीले सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन् ।

खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ ।

अङ्क तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन् । एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web