यी हुन् बहादुरसिंह लामा नेतृत्वको बागमती सरकारको एकसय दिनको कार्यसम्पादन

कार्तिक २९, २०८१ 2024-11-14 मा प्रकाशित
Published at 2024-11-14

1098 views

त्रिशूली । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ बागमती प्रदेश सरकारको मुख्यमन्त्री भएको एकसय दिनमा मुख्य मुख्य १५ क्षेत्रमा एकसय भन्दा बढी काम भएको विवरण सार्वजनिक भएको छ ।

गएको साउन ९ गते नेकपा एमालेसंगको सहकार्यमा बहादुरसिंह लामा तामाङ मुख्यमन्त्री सहित गठन भएको बागमती प्रदेस सरकारले यसबीचको छोटो अवधिमा एकसय भन्दाबढी प्रभावकारी कार्यसम्पादन भएको विवरण सार्वजनिक भएको छ ।

बर्खायाम, बाढी पहिरोको विपत्, चाडपर्व लगायतका कारण आफ्नो नियमित र पूर्वयोजना अनुरुप काम गर्न नपाएपनि यसबीचमा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ नेतृत्वमा रहेको सरकारले विभिन १५ क्षेत्रमा सयभन्दा उत्कृष्ट कार्य गरेको हो ।

नेपालको संविधानको पूर्ण पालना गर्दै प्रदेशबासीको हित, विकास र सुशासनको प्रत्याभूति, संघीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज निर्माण र सबल एवं समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ गठित सरकारले कार्यभार सम्हालेको एकसय दिनमा दैनिक एकभन्दा बढी उत्कृष्ट कार्यसम्पादन गर्दै प्रदेस सरकारको भूमिकालाई उच्च बनाउन सफल भएको बागमती प्रदेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख स्वकीय सचिब छत्रबहादुर लामाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार प्रदेश सरकारले गठवन्धनमा सहभागी दलहरूको सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवद्र्धन, गरिवी निवारण, शासकीय सुधार, भष्ट्राचार निवारण, सुशासन प्रवद्र्धन लगायतका उद्देश्य पुरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ र संयन्त्रलाई प्रभावकारी ढंगले र अभियानकै रुपमा परिचालन गर्ने नीति सहित उत्कृष्ट कार्य गर्न सकेको उल्लेख गरिएको छ ।

यी हुन् बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारले एकसय दिनमा गरेको कार्यसम्पादनको विवरण :

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.