बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍यायो

कार्तिक २७, २०८१ मा प्रकाशित | 227 views

बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍यायो

काठमाडौँ । भागबन्डा मिलाउनका लागि बाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्‍याएको छ ।

बाग्मती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय विभाजन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयाे ।

सरकारले विनाविभागीयमन्त्री रहेका मधु श्रेष्ठलाई जिम्मेवारी तोक्नका लागि मन्त्रालय विभाजन गरेको हो । बाग्मती प्रदेशमा अब नयाँ मन्त्रालयको रूपमा सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनेको छ ।

गएको साउन ९ गते मुख्यमन्त्री बहादुरसिंह लामासँगै मन्त्रीको शपथ लिएका नेपाली कांग्रेसका नेता मधु श्रेष्ठलाई एक सय ११ दिनसम्म पनि जिम्मेवारी दिन नसकेको भन्दै आलोचना भए पनि आज मन्त्रालय नै फुटाइएको एक जना मन्त्रीले जानकारी दिएका छन् ।

२०७४ सालमा सात वटा मन्त्रालयबाट प्रदेश सरकारको कार्यकाल शुरू भएकोमा विभिन्न दल नेतृत्वका सरकारले फुटाउँदा फुटाउँदै १४ वटा पुर्‍याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web