स्कटल्याण्डमाथि नेपालको शानदार जित

कार्तिक १४, २०८१ 2024-10-30 मा प्रकाशित
Published at 2024-10-30

44 views

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ ।

अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो । जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१) बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेखले ५१ रनको नटआउट अर्धशतकीय इनिङ खेले। त्यस्तै गुल्सन झा २५ रनमा अविजित रहे । अनिल साहले १३ रन बनाउँदा आसिफ शेखले २१ रन बनाए। कुशल भुर्तेलले २५ रन बनाएका थिए । ​

स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले २ विकेट लिएका थिए भने ब्राड क्युरी, मार्क वाट र ज्याक जार्भीसले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४१ दशमलव ४ ओभरमा १ सय ५४ रन बनाएर अलआउट भएको थियो । उसका लागि मार्क वाटको ३४ रन सर्वाधिक रह्यो ।

उनी बाहेक माइकल जोनेस र कप्तान रिचि बेरिङटनले १९–१९ रन बनाए। ब्रान्डन म्यामुलनले १६ रन बनाउँदा माइकल लिस्कले १४ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए भने करण केसी, सोमपाल कामी र गुल्सन झाले समान २–२ विकेट लिए । यस शृङ्खलामा नेपाल अमेरिका र स्कट्ल्यान्डसँग २–२ खेल खेल्दै छन् ।

आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो। नेपालले शनिबार अमेरिका र सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका छ । १० खेल खेलेको नेपालको यो दोस्रो जित हो। नेपालको ५ अंक भएको छ भने तालिकाको ७औँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.