प्रधानमन्त्री ओलीले आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै

कार्तिक ७, २०८१ मा प्रकाशित | 357 views


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन् ।

३० असारमा चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अघि उनले आज बिहान सत्ता साझेदार दलहरूको बैठक बोलाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web