नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो

कार्तिक ६, २०८१ 2024-10-22 मा प्रकाशित
Published at 2024-10-22

102 views

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे ।

यो जीतसँगै नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । नेपालले २ खेलमा ४ अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै भुटान ४ अङ्कसहित दोस्रो, श्रीलङ्का ३ अङ्कसहित तेस्रो र माल्दिभ्स अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ ।

साफ महिला च्याम्पियनशिपमा हिजै भएको पहिलो खेलमा भुटानले श्रीलङ्कालाई ४–१ गोलले हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.