सय दिनमा १ लाख ५० हजार थप किसान सूचीकृत

कार्तिक ५, २०८१ मा प्रकाशित | 271 views


काठमाडौँ । बितेको सय दिनमा एक लाख ५० हजार थप किसान सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नयाँ सरकार गठन भएको सय दिनमा एक लाख ५० हजार थप किसान सूचीकृत भएसँगै सूचीकृत हुने कृषकको सङ्ख्या १९ लाख ३३ हजार पुगेको छ ।

किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ । यस्तै उखु उत्पादक कृषकलाई उखु बिक्री गरी क्रसिङ गराएबापत प्रतिक्विन्टल ७० रुपैयाँका दरले गएको आर्थिक वर्षको एक अर्ब ४४ करोड ९२ लाख ३८ हजार रुपैयाँ प्रोत्साहन अनुदान रकम उपलब्ध गरेको मन्त्रालयले जनाएको छ ।

बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ स्वीकृत भई कार्यान्वयनमा रहेको छ । सय दिनको अवधिमा पशुधन बीमातर्फ ३७ हजार छ सय ११ र बाली बीमातर्फ तीन सय २३ बीमालेख जारी भएको छ । यस्तै नेपाल सरकारले ६० करोड सहुलियत पूर्ण कर्जा प्रवाह गरी धेरैजसो किसानको जेठ मसान्तसम्मको दूधको भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web