साफ महिला च्याम्पियनशिपमा नेपाल र भुटानबीच गोलरहित बराबरी

कार्तिक ३, २०८१ 2024-10-19 मा प्रकाशित
Published at 2024-10-19

103 views

काठमाडौँ । साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

साफ च्याम्पियनशिपकै इतिहासमा नेपालको यो पहिलो बराबरी हो । यसअघि साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा नेपालले कम्तीमा १ गोल गरेको थियो । दशरथ रङ्गशालामा हिजाे भएको खेलमा नेपालले धेरैजसो समय बल नियन्त्रणमा राखे पनि गोल गर्न भने सकेन ।

समूह 'बी' अन्तर्गत हिजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले हरायो । श्रीलङ्का ३ अङ्कका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान १/१ अङ्कसहित दोस्रो र तेस्राे स्थान तथा माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतियोगिताअन्तर्गत भोलि बेलुका साढे ५ बजे समूह 'ए' का बङ्गलादेश र पाकिस्तान खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.