प्रथम लच्याङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना

अशोज १५, २०८१ मा प्रकाशित | 663 views

प्रथम लच्याङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना

लच्याङ । सूर्यगढी गाँउपालिका वडा नं. १ मा रहेको ‘लच्याङ नागरिक सचेतना केन्द्र’को आयोजनामा प्रथम लच्याङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

लच्याङ स्थित खेल मैदानमा यही असोज २० र २१ गते दुई दिन हुने प्रतियोगिताको लागी अहिले टिम दर्ता गर्न आह्वान गरिएको आयोजक लच्याङ नागरिक सचेतना केन्द्रका सचिव रबिन्द्र गोलेले जानकारी दिनुभएको छ । उहाँको अनुसार प्रतियोगितामा सहभागी हुन चाहने टिमले यही असोज १८ गतेसम्म नाम दर्ता गर्न सूचना जारी गरिएको छ ।

स्थानीय खेलप्रेमीहरुको सहयोगमा लच्याङ नागरिक सचेतना केन्द्र’ले आयोजना गरेको प्रथम लच्याङ कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो हुने टिमले ३० हजार रुपैयाँ, दोश्रो हुनेले १५ हजार रुपैयाँ र तेश्रो हुनेले सात हजार ५०० रुपैयाँ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त पाउने उल्लेख गरिएको छ । 

प्रतियोगिताहरु लच्याङ खेल मैदानमा सञ्चालन गर्न लागिएको छ ।

भलिबलको अन्तराष्ट्रिय नियम अनुसार सञ्चालन गरिने प्रतियोगितामा सहभागी हुनको लागी आयोजकले विशेष गरेर नुवाकोट जिल्लामा रहेका भलिबल खेलाडीहरुलाई टिम बनाएर दर्ताको लागी सम्पर्कमा आउन अनुरोध गरिएको अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार आसन्न चाडपर्वलाई लक्षित गर्दै आयोजना गरिएको भलिबल प्रतियोगिताको अवसरमा साँस्कृतिक गतिविधि सहितको कार्यक्रम सञ्चालन हुने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web