बुधवारदेखि शनिवारसम्म ४ वटा प्रदेशमा पानी पर्ने सम्भावना

अशोज १४, २०८१ मा प्रकाशित | 308 views


काठमाडौँ । पर्सि बुधवारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्म पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पर्सिदेखि शनिवारसम्म नै कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताउनुभएको छ ।

 

विशेष गरेर बेलुकीपख पानी पर्ने उहाँले उल्लेख गर्नुभएको छ । आज देशका धेरैजसो ठाउँमा घाम लागेको छ । बेलुकादेखि बदली हुनेछ । भोलि कोशी प्रदेशमा बेलुकातिर हल्का वर्षाको सम्भावना छ । भोलि बाग्मती र गण्डकीमा पनि बदली भए पनि वर्षाको सम्भावना कम छ । तर पर्सिदेखि भने कोशीबाट गण्डकी प्रदेशसम्म पानी पर्नेछ । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले वर्षाको सम्भावना देखिएको छैन ।

 

गएको बिहीवारदेखि भएको अति ठूलो वर्षाका कारण कोशीदेखि लुम्बिनी प्रदेशसम्म ठूलो जनधनको क्षति भएको छ । अहिलेसम्म एक सय ९० जनाभन्दा धेरैको ज्यान गएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web