नेपाल पुलिस क्लब काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा

अशोज ५, २०८१ मा प्रकाशित | 375 views


काठमाडौँ । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै फाइनलमा पुगेको छ । पुलिसले लिग चरणको आफ्नो अन्तिम खेलमा हिजो माल्दिभ्सको घरेलु टोली पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।

पहिलो सेट २५–१२ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट २१–२५ ले गुमायो । तर चौथो सेट २५–२१ ले जित्यो । पुलिसको पाँच खेलमा १४ अङ्क छ । नेपाल पुलिस एक खेल अगावै यसअघि नै फाइनलमा पुगेको थियो । फाइनल खेल आज हुनेछ । आज हुने फाइनल खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web