पालिका उपचुनावको कार्यतालिका सार्वजनिक

अशोज २, २०८१ 2024-09-18 मा प्रकाशित
Published at 2024-09-18

193 views

काठमाडौँ । आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मङ्सिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ ।

मङ्सिर १६ गते बिहान ७ बजेदेखि मतदान हुनेछ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर र उपमेयर एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन र वडाध्यक्षमा ३० वटा पद खाली छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.