सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य

भदौ ३१, २०८१ मा प्रकाशित
Published at भदौ ३१, २०८१

302 views

काठमाडौँ । सङ्घीय संसद्काे दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य भएको छ । दुवै सदनकाे चालू चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य हुने भएको हो ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालू चौथो अधिवेशन अन्त्य हुने जानकारी दिनुभयो । सरकारले चालू अधिवेशन अन्त्यका लागि हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र सङ्घीय संसद्लाई पठाउनुभएको थियो ।

राष्ट्रपतिले पठाएको पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.