ककनी–२ सहित देशभर रिक्त रहेको स्थानमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको घोषणा

भदौ ३०, २०८१ मा प्रकाशित | 442 views


काठमडौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुने तय भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web