एमालेले कात्तिकभित्र जिल्ला अधिवेशन सक्ने

भदौ २९, २०८१ मा प्रकाशित | 459 views


काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको छ । कार्ययोजनामा जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने उल्लेख छ ।

यस्तै सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने एमालेको कार्ययोजना छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

यस्तै एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको छ । हिजो बसेको सचिवालय बैठकले सरकार र जनप्रतिनिधिको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web