
काठमाडौँ । गएको जेठदेखि यही भदौ २५ गतेसम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् ।
रसुवागढीमा रहेको अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार समुद्र सतहबाट पाँच हजार सात सय मिटरको उचाइमा रहेको कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए ।
उनीहरूको साथमा झण्डै दुई सय जना अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ । धार्मिकयात्रीमध्ये काठमाण्डौबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ ।
18.41¡ÆC