एपीएफ ‘एन्फा महिला फुटबल लिग’ को दोश्रो स्थानमा

भदौ २७, २०८१ 2024-09-12 मा प्रकाशित
Published at 2024-09-12

139 views

काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज भएका खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोश्रो खेलमा सशस्त्रले वालिङ फुटबल क्लबलाई २–१ गोलले हराएको हो ।

सशस्त्रका लागि रेनुका नगरकोटी र रश्मीकुमारी घिसिङले समान एक गोल गरे । यस्तै वालिङका लागि चिसी नानटोङ्गोले एक गोल गरिन् । यो जीतसँगै सशस्त्रले चार खेलबाट १० अङ्क बनाएर तालिको दोश्रो स्थानमा उक्लिएको छ । समान खेल खलेको वालिङ छ अङ्ककासहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हरायो । आर्मीको जीतमा बिमला चौधरी, अमिशा कार्की र सन्जी थिङले समान एक गोल गरे । आर्मी चार खेलबाट नौ अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ ।

समान खेल खेलेको बाग्मतीले एउटा मात्रै खेल जितेको छ । बागमती तीन अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.