ललितपुरमा सीआईबीको छापा, एकैपटक ५० जना नियन्त्रणमा

भदौ २७, २०८१ मा प्रकाशित | 246 views


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीहरूले एउटा घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको आरोप छ । सीआईबीले नियन्त्रणमा आएकामाथि थप अनुसन्धान थालेको छ ।

नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ नागरिक छन् । एकजना फिलिपिन्सका नागरिक छन् । अन्य सबै नेपाली हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web