बागमतीलाई हराउँदै आर्मी ‘एन्फा महिला लिग’को दोश्रो स्थानमा

भदौ २७, २०८१ 2024-09-12 मा प्रकाशित
Published at 2024-09-12

133 views

काठमाडौँ । एन्फा महिला लिग फुटबलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले बागमती युथ क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हराएको हो ।

आर्मीको जीतमा बिमला चौधरी, अमिशा कार्की र सन्जी थिङले समान एक गोल गरे । यो जीतसँगै आर्मीले चार खेलबाट नौ अङ्क बनाएर तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको बाग्मतीले एउटा मात्रै खेल जितेको छ । बागमती तीन अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले दिउँसो साढे ३ बजे वालिङ नगरपालिका र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.