नुवाकोटका दिपक लामा खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त

भदौ २६, २०८१ मा प्रकाशित | 225 views


त्रिशूली । बागमती प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नुवाकोटका युवा दिपक लामा नियुक्त हुनुभएको छ । उसु खेलमा अन्तराष्ट्रिय अनुभव प्राप्त गरिसक्नुभएका बेलकोटगढी नगरपालिका वडा नं. ७ महादेवफाँटका युवा दिपक लामालाई प्रदेश खेलकुद परिषदको सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।

आज बसेको बागमती प्रदेस सरकारको मन्त्रिपरिषद्को बैठकले उसु खेलका अनुभवी खेलाडी तथा सम्पूर्ण खेल क्षेत्रका लोकप्रिय व्यक्तित्व दिपक लामालाई बागमती प्रदेस सरकार माफर्त सञ्चालन हुने खेलकुदका गतिविधि सञ्चालन तथा विकासको जिम्मेवारी दिइएको हो ।

बागमती प्रदेश सरकारको नीति अनुरूप युवा तथा खेलकुद सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, खेलकुद पूर्वाधारको विकास र प्रवद्र्धन, खेलकुद सम्बन्धी संस्थाको नियमन लगायतको जिम्मेवारी सदस्य सचिवको नेतृत्वमा हुने गरेको छ ।

२०५० सालमा एसएलसी परीक्षा दिएलगत्तै उसु खेलमा लाग्नुभएका दिपक लामा उसु महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष, दक्षीण एसियाली उसु महासंघको कोषाध्यक्षको जिम्मेवारी सहति उसु खेलको अन्तराष्ट्रिय रेफ्री एंव प्रशिक्षकको समेत अनुभव रहेको छ ।

उहालाई बागमती प्रदेसका मुख्य मन्त्री बहादुरसिंह लामा तामाङको पहलमा नै बागमती प्रदेश खेलकुद परिषदको सदस्य सचिवको जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web