जसपा नेपाल, नुवाकोटको पाटी कार्यालय स्थापना, परिवर्तनको लागी गोलबन्द हुन उपाध्यक्ष बज्राचार्यको आह्वान

भदौ २६, २०८१ मा प्रकाशित
Published at भदौ २६, २०८१

275 views

त्रिशूली । जनता समाजवादी पाटी नेपाल, जिल्ला कार्यसमिति नुवाकोटको पाटी कार्यालय विदुरमा स्थापना गरिएको छ ।

नुवाकोटमा विगत देखि नै पाटी गतिविधि, संगठन र संचरना चलायमान बनाउदै आएको जसपा नेपालको जिल्ला पाटी कार्यालय विदुरमा स्थापना गरिएको हो । पाटी कार्यालय स्थापना गर्दै जसपा नेपालको केन्द्रीय उपाध्यक्ष विद्युत ब्रजाचार्यले जनताको पाटीको रुपमा रहेको आफ्नो पाटी जनताको स–साना समस्यादेखि देशको नीति निर्माताको रुपमा चनाखो भएर जनताको सेवामा समप्रित रहेको बताउनुभएको छ ।

केन्द्रीय उपाध्यक्ष विद्युत ब्रजाचार्यले अन्य ठूला भनिएका पाटीहरुले मिलिजुली सरकारको सञ्चालन गर्ने तर, जनताको समस्यालाई भने जहाँको त्यही छाड्ने प्रवित्तिबाट पीडित भएकाले जनताको पाटी र जनताको न्यायको लागी जनता समाजवादी पाटी नेपालमा गोलबन्द हुनको लागी अपिल गर्नुभएको छ । त्यसको लागी जिल्लादेखि वडातहसम्म रहेका पाटीको संगठन एंव भातृ सँस्थमा जोडिनको लागी आब्हान गर्नुभएको छ ।

यस्तै, जनता समाजवादी पाटी नेपालको केन्द्रीय सदस्य देवराज घिमिरेले देशका मुख्य पाटीहरु जनतालाई झुक्याएर भ्रष्टाचारमा केन्द्रित हुदा देशमा विकासको गतिविधि अपेक्षा अनुसार नभएको भन्दै जनतालाई चनाखो हुन आग्रह गर्नुभएको छ ।

जनता समाजवादी पाटी नेपालको नुवाकोटको संयोजक शेरबहादुर विश्वकर्मा रहनुभएको छ । जिल्ला स्थित पाटी स्थापनासगैँ क्रमशः पाटीको संगठनलाई सुद्धिढिकरण, संगठन विस्तार, जनताको समसामयिक विषयवस्तुलाई मूल मुद्धा बनाएर आवाज उठाउन पाटी सक्रिय हुने जिल्ला कार्यसमितिका सहसचिव राज न्यौपानेले जानकारी दिनुभएको छ ।

जिल्ला पाटी कार्यालय स्थापनाको क्रमका थप तस्बिरहरु :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.