काठमाण्डौ महानगरले पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान गर्‍यो

भदौ १९, २०८१ 2024-09-04 मा प्रकाशित
Published at 2024-09-04

69 views

काठमाडौँ । ऐतिहासिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई काठमाण्डौ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशालाई पाँच लाख र प्रशिक्षक कविराज नेगीलाई तीन लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो । आज बिहान स्वदेश फर्किएकी पलेशालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगर परिक्रमा गराएको थियो ।

पेरिस पारालिम्पिक्समा पलेशाले के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो पदक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.