
तारकेश्वर । तारकेश्वर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१–०८२ को स्विृकृत कार्यक्रम अनुसार पालिकाबाट बिनियोजित तथा पालिकाबाट कार्यान्वयन गर्ने बजेट मध्ये ६० लाख रुपैयाँभन्दा बढीको कार्यक्रम र आयोजनाहरु ठेक्का मार्फत सम्पन्न गर्ने निर्णय गरेको छ ।
६० लाखभन्दा कमको उपभोक्ता समिति र त्यसमाथिको कार्यक्रम ठेक्का मार्फत संचालन गर्ने अध्यक्ष शिव अधिकारीले निर्देशन दिनुभएको छ ।
यस्तै बजेटमा उल्लेखित योजना र कार्यक्रमहरु कार्यान्वयन गर्न कात्तिकको मसान्त भित्र उपभोक्ता समिति गठन गरि पुष १५ भित्र योजना सम्झौता गरिसक्नुपर्ने र सो अवधि सम्ममा योजना सम्झौता नभएका योजना कार्यक्रमहरूलाई यसै आ.व.को हिउदे गाउँ सभाबाट रकमान्तर गरि कार्यन्वयन गर्ने निर्णय भए बमोजिम काम कारवाही गर्ने आफु मातहतका निकायलाई निर्देशन दिनु भएको छ।
बर्खायाममा हताहतार काम सक्ने र कमसल काम गर्ने प्रवृतीलाई रोकि विकास निर्माणलाई गुणस्तरीय र जनहितमा सम्पन्न गर्न यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।
24.89¡ÆC