प्रकाश मोक्तानलाई घरमै पुगेर नागरिकता प्रदान

भदौ १६, २०८१ मा प्रकाशित | 203 views


काठमाडौँ । भोजपुरको षडानन्द गाउँपालिकाका प्रकाश मोक्तानलाई प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

प्रकाश सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल ‘हेर्ने कथा’ मार्फत बाहिर आएको थियो । प्रकाशको घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो ।

आज प्रकाश मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उज्यालोलाई जानकारी दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं, वडाअध्यक्ष प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले अब प्रकाशलाई उहाँको योग्यताअनुसारको रोजगारी दिने बताउनुभएको छ । ‘विभिन्न दाताहरूले उहाँको घर बनाउने काम शुरू गरिसकेका छन् । अब रोजगारीको कुरा आउँछ, उहाँको योग्यताअनुसारको रोजगारी दिन नगरपालिका तयार छ । रोजगारी चाहियो भने सम्पर्क गर्नुहोस् भनेको छु । तर अहिले उहाँ समाजसँग घुलमिल नभएकाले कुनै पनि विषयको मेसो पाउनुभएको छैन, उहाँ तयार हुनासाथ हामीले योग्यताअनुसारको रोजगारी दिन्छौं’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web