काँग्रेस माओवादी अबिश्वासमै कुदाकुद

साउन ५, २०७३ मा प्रकाशित | 1087 views

५ साउन, काठमाडौं ।

नेपाली कांग्रेस र माओबादी केन्द्रका शीर्ष नेता बीच कांग्रेस संसदीय दलको कार्यालयमा अबिश्वास प्रस्ताबका सम्बन्धमा छलफल भएको छ ।

दुई दल बीचको छलफल पछि संचारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिदै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले भोली बस्ने संसद बैठकमा पहिले अबिस्वास प्रस्ताबका बारेमा छिनोफानो लगाउनु पर्ने बताउनु भयो ।

माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले संसदमा पेश अबिस्वास प्रस्ताब बारे आफुहरुले छलफल  गरेको सक्षिप्त प्रतिक्रिया दिनुभयो ।

छलफल पछि नेपाली कांग्रेसका नेता रमेश लेखकले संसदमा पहिले अबिस्वास प्रस्ताबका बारेमा निस्कर्षमा पुग्ने र त्यस पछि मात्र अरु बिषयले प्रबेश पाउने बताउनु भयो ।

दुई दल बीचको छलफलमा कांग्रेसका बरिष्ठ नेता राम चन्द्र पौडेल प्रकाशमान सिंह बिमलेन्द्र निधी लगायतका नेताहरु पनि सहभागी हनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web