मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प

भदौ १५, २०८१ मा प्रकाशित | 226 views


काठमाडौँ । मनाङ केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ ।

मनाङको थोचे आसपास​ केन्द्र बनाएर बिहान ३ बजेर ४७ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प लमजुङ, गोरखा र तनहुँमा पनि महशुस गरिएको थियो ।

यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web