<p><span style="line-height: 1.42857143;">काठमाडौं, साउन ५ । स्यूचाटारमा हाम्रो फुटसल सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले बुधबार फुटसलको औपचारिक उद्घाटन गरे ।</span><br></p><p>स्यूचाटार क्षेत्रमा खोलिएको हाम्रो फुटसल पहिलो भएको सञ्चालक योगेश थापाले दाबी गरेका छन् । साढे २ रोपनी क्षेत्रफल हाता भित्र ६५ लाख लगानीमा हाम्रो फुटसल निर्माण गरिएको थापाले जानकारी गराए । आगामी दिनमा ब्याडमिन्टन कोर्ट, साउना र स्टिम बाथलगायतको सुविधा पनि थप्दै जाने अर्का सञ्चालक शंकर भट्टले जानकारी दिए ।</p>
20.12¡ÆC