एकीकृत समाजवादीका २ सय ५१ जना केन्द्रीय सदस्यले शपथ लिए

भदौ ९, २०८१ 2024-08-25 मा प्रकाशित
Published at 2024-08-25

162 views

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठकमा दुई सय ५१ जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बैठकमा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनोनीत सदस्यहरूलाई शपथ गराउनुभयाे ।

पर्सि मङ्गलवारसम्म बस्ने बैठकमा पदाधिकारीको टुङ्गो लगाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारीलाई पूर्णता दिन लागिएको हो ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय सदस्य छन् । केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.