स्वमूल्यांकन गुणस्तर परीक्षणमा धादिङका पालिका उत्कृष्ट

भदौ ७, २०८१ मा प्रकाशित | 263 views


काठमाडौँ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकनमा धादिङका पालिका उत्कृष्ट ठहरिएका छन् । स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका हुन्।

नगरपालिकातर्फ रुपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएका छन् ।

त्यस्तै, गाउँपालिकातर्फ समान अंक पाउँदै गुल्मीको रुरु क्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका दोस्रो भएका छन् । दाङको राप्ती गाउँपालिका तेस्रो भएको छ ।

उत्कृष्ट ठहरिएका पालिकालाई बिहीबार मन्त्रालयमा प्रशंसापत्रसहित सम्मान गरिएको थियो । मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन आर्थिक वर्ष ०७६/७७ बाट सुरु गरे पनि गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको पहिलोपटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web