
दाङसिंह । नुवाकोटको तारकेश्वर गाँउपालिकाले कात्तिके आमा समुहलाई एकथान साउण्ड सिस्टम सहित ३० थान कुर्सी उपलब्ध गराएको छ ।
गाँउपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले तारकेश्वर–१ मा सञ्चालित कात्तिके आमा समुहको माग र गाँउपालिकाले पालिकाभित्रका क्लब तथा समूहलाई सहयोग पुराउने कार्यक्रम अन्तरगत आज एक थान साउण्ड सिस्टम सहित ३० थान कुर्सी प्रदान गर्नुभएको हो ।
गाँउपालिका अध्यक्ष अधिकारीले महिला शसक्तीकरणको लागी महिला समूह तथा आमा समूह, युवा शसक्तिकरणको लागी युवा क्लब र बालबालिकाको लागी बालक्लब स्थापना गर्न प्रोत्साहन गर्दै आउनुभएको छ ।
उहाँले स्थापित क्लब तथा समूहलाई आवश्यक परेका सामाग्रि सहयोग, तालिम तथा अभिमुखिकरण, क्षमता अभिबृद्धि लगायतमा सहयोग पुराउदै आएकाले उक्त सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ । सोही कारण तारकेश्वर गाँउपालिकाको अध्यक्ष अधिकारी पालिकाबासीबीच लोकप्रिय जनप्रतिनिधिको रुपमा रहदै आउनुभएको छ ।
24.15¡ÆC