संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

साउन ३१, २०८१ मा प्रकाशित | 260 views


काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एकमात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् । ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे ।

आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web