प्राधिकरणको प्रगतिबाट आत्तिएकाहरूले मविरुद्ध उजुरी दिए : कुलमान घिसिङ

साउन ३०, २०८१ मा प्रकाशित | 417 views

प्राधिकरणको प्रगतिबाट आत्तिएकाहरूले मविरुद्ध उजुरी दिए : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियारमा उजुरी दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

कुलमान घिसिङले आफ्ना दाजुहरूको नाममा कम्पनी खोलेर र विद्युत् खरिद सम्झाैता (पीपीए) दिने क्रममा भ्रष्टाचार गरेको भन्दै पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो । खरेलले यसअघि पनि पत्रकारिताका सर्वमान्य सिद्धान्त र मूल्य मान्यता विपरीत आफू र आफ्नो परिवारको बद्नाम गराएकोमा अहिले अख्तियारमा उजुरी दिएको र उजुरीलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेर चरित्रहत्या गरेको घिसिङले बताउनुभएको छ ।

देशमा ‘लोडशेडिङ’ को अन्त्य गरेर विद्युतकाे क्षेत्रमा चौतर्फी विकास भएको अवस्थाबाट आत्तिएका केही व्यक्तिले आफू र आफ्ना परिवारका सदस्यविरुद्ध लाञ्छना लगाइरहेको दाबी गर्दै घिसिङले रमेश खरेलले उठाएका सबै विषयको खण्डन गर्नुभएको छ ।

त्यस्तै विद्युत् महसूल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था अहिले आफूविरुद्ध लागिरहेको दाबी गर्दै घिसिङले अझै निष्ठापूर्वक, इमानदार भएर कार्यकारी प्रमुखको रूपमा आफ्नो भूमिका पूरा प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web