पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण

साउन २६, २०८१ मा प्रकाशित | 242 views


काठमाडौँ । पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा शुरू गरेका किसानले अहिले व्यावसायिकरुपमा नै ड्रागनखेती गर्न थालेका छन् ।

वैदेशिक रोजगारमा मलेसिया पुगेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती शुरू गर्नुभएको हो । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएर तीन वर्षदेखि ड्रागनखेती गर्न थालेको उहाँले बताउनुभयो ।

सात लाख रुपैयाँको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको किसान मौर्यले जानकारी दिनुभयो । यसवर्ष बजारीकरणमा कुनै समस्या आएन भने सात लाख बराबरकै ड्रागन बिक्री गर्ने उहाँको भनाई छ ।

मौर्यजस्तै पश्चिम नवलपरासीमा ७ जना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताउनुभयो ।

बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाण्डौ पठाउन केन्द्रले सहजिकरण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web