एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको ज्यान गएको पुष्टि

साउन २३, २०८१ 2024-08-07 मा प्रकाशित
Published at 2024-08-07

114 views

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचै जनाको ज्यान गएको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट चार जना विदेशी र एक जना पाइलटको शव निकालिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले उज्यालोलाई जानकारी दिनुभयो । हेलिकप्टरमा चार जना चिनियाँ र एक जना पाइलट थिए ।

काठमाण्डौबाट रसुवाकाे स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उज्यालोलाई दिएको जानकारीअनुसार काठमाण्डौबाट दिउँसो १ बजेर ५४ मिनेटमा उडेको एअर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.