
त्रिशूली । स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् ।
र्डका कर्मचारीले आफ्ना माग सुनुवाइ नभएको भन्दै आइतबारदेखि कामकाज ठप्प पारेका छन् । बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजालले करारका कर्मचारीहरू माथि दुर्व्यहार गर्दै आएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेका कारण कर्मचारीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन् ।
बोर्डका अधिकांश कर्मचारीले कार्यकारी निर्देशकलाई साउन ३ पत्रमा लेख्दै १५ दिनभित्र रिजालको काजफिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
बोर्डले यस विषयमा कुनै कामकारबाही नगरेपछि उनीहरु कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरुले बताएका छन् । गएको शुक्रबार बोर्डका कर्मचारीले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्षभित्र अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने लगायतका मानसिक तनाव दिने गरेको आरोप लगाएका छन् ।
बोर्डको कामकाज ठप्प हुँदा सेवा प्रदायक संस्थाले भुक्तानीका लागि पठाएको ‘क्लेम’ हेर्न बन्द भएको छ । रिजाललाई यसअघि पनि बोर्डले कारबाही गरेको थियो ।
२०८० बैशाखमा हालकै कार्यकारी निर्देशक डा.दामोदर बसौलाले शाखा अधिकृत शोभित रिजाललाई बोर्डको जिम्मेवारीबाट हटाएका थिए । तर, उनलाई पुनः बोर्डमा ल्याएसगैँ कर्मचारीहरु उनी विरुद्ध आन्दोलनमा उत्रिएको हो ।
22.69¡ÆC