काठमाडौं,आसर ४ । प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता रहेको भन्दै नयाँ गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रलाई स्पष्ट पार्न प्रस्ताव गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोमबार साँझ बालुवाटार बोलाएर ओलीले यस्तो प्रस्ताव राखेका हुन्। संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए। ओलीले ‘मिलेर जाने कि द्वन्द्व चर्काउने ?’ भन्दै प्रश्न गरेका थिए।

‘मिलेर जाने हो भने संविधानमा परेका खाल्टाखुल्टीहरू पनि सहमति र सल्लाहले पुर्दै जान सकिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘होइन असहमति नै हो भने त सबैले यहीं बसेर राजनीतिक गर्ने हो, त्यहीअनुसार अघि बढौं।’कान्तिपुर दैनिकमा समाचार छ ।

सत्तारूढ दलहरूले संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन गर्न नसकिने जिकिर गर्दै आएका छन्। तर संसद्मा अविश्वासको प्रस्ताव राख्ने कांग्रेस–माओवादी गठबन्धनले संसदको नियमावलीमा स्पष्ट व्यवस्था रहेकाले नयाँ सरकार गठनमा कुनै बाधा नरहेको बताउँदै आएका छन्। यही सन्दर्भमा दुवै पक्षले कानुनविद्हरूसँग शनिबार र आइतबार छुट्टाछुट्टै छलफल गरेका थिए। ओलीले संविधानअनुसार आफू अघि बढ्ने भन्दै देउवा र दाहाललाई धेरै अविश्वास र भ्रम नपाल्न पनि आग्रह गरेका थिए।

प्रधानमन्त्री ओलीले संसद्मा अविश्वासको प्रस्ताव राखिसकेपछि किन फेरि राजीनामाको कुरा उठाएको भन्दै देउवा र दाहाललाई प्रश्न गरेका थिए। ‘अविश्वासको प्रस्ताव आएपछि राजीनामा भन्ने कुरा हुँदैन,’ ओलीले भने,‘अविश्वासको समाना गर्छु भनेपछि त्यही बाटोमा लाग्नुस् न, किन फेरि सँगसँगै राजीनामा भन्नुहुन्छ ?’

छलफलमा कांग्रेस सभापति देउवाले असहज परिस्थितिमा राजीनामा उत्तम विकल्प भएको भन्दै ओलीलाई आग्रह गरेका थिए।

27.12¡ÆC