सुध्रिएन कक्षा १२ को नतिजा

साउन २०, २०८१ मा प्रकाशित | 326 views


त्रिशूली । कक्षा १२ को परीक्षाफल पनि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० अर्थात एसईईकै जस्तो कमजोर देखिएको छ । परीक्षामा सहभागी विद्यार्थी मध्ये झन्डै आधा विद्यार्थी फेल भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यही शुक्रबार सार्वजनिक गरेको नतिजामा नियमिततर्फ तीन लाख ९० हजार ८ सय ६८ विद्यार्थी सहभागी भएकोमा २ लाख ३ हजार ८ सय ४७ जना अर्थात् ५२.१५ प्रतिशत विद्यार्थी मत्रै पास भएका छन् । १ लाख ८७ हजार २१ अर्थात् ४७.८४ प्रतिशत फेल भएका छन् । फेल भएका मध्ये १ लाख २७ हजार ७ सय ७ जनाले भदौ २५ र २६ गते पूरक परीक्षा दिन पाउने भएका छन् ।

गएको असारमा प्रकाशित एसईई र अघिल्ला वर्षहरूको कक्षा १२ को नतिजाको तुलनामा सामान्य मात्रै सुधार देखिएको छ । एसईईमा ४७.८७ प्रतिशत विद्यार्थी पास भएका थिए भने गत वर्ष कक्षा १२ मा ५१ प्रतिशत विद्यार्थी उर्तिण भएका थिए । गत वर्ष कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ७२ हजार ६ सय ३७ विद्यार्थीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनाले ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका थिए ।

गएको वर्षको तुलनामा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या र माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या क्रमशः वृद्धि हुँदै गएकाले समग्र नतिजा सुधारोन्मुख हुँदै आएको बोर्डका अध्यक्ष महाश्रम शर्माको दाबी रहेको छ । कक्षा १२ को नतिजामा सामान्य सुधार देखिए पनि त्यसलाई उपलब्धि मान्न नहुने विज्ञहरूको भनाई प्रती उहाँको असहमति रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web