प्रदेस प्रमुख दिपकप्रसाद देवकोटाबाट पदभार ग्रहण

साउन १९, २०८१ मा प्रकाशित | 210 views


त्रिशूली । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्घीय सरकारले आफूलाई विश्वास गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताउँदै उहाँले संवैधानिक दायरा अनुसार इमान्दारीपूर्वक काम गर्ने बताउनुभएको छ ।

उहाँले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहकार्य गरेर कार्यसम्पादन गर्ने उल्लेख गर्नुभएको छ । उक्त अवसरमा बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले आफू रहँदा संवैधानिक निकायसँग समन्वय र सहकार्य गर्दै प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर सम्पर्कमा रही सुशासन कायम राख्न काम गरेको बताउनुभएको छ ।

नवनियुक्त प्रदेश प्रमुख देवकोटालाई मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख देवकोटालाई बिहिबार काठमाडौँमा पद तथा गोपनीयता शपथ ग्रहण गराउनुभएपछि हिजो शुक्रबार पदभार सम्हाल्न हेटौँडा जानुभएको हो । उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्की तथा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web