केहि ठाउँमा हुरीसहित ठूलो पानी पर्ने सम्भावना

साउन १८, २०८१ 2024-08-02 मा प्रकाशित
Published at 2024-08-02

134 views

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कोशी र बागमती प्रदेशका एक/दुई ठाउँमा हल्का पानी परिरहेको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै मधेस र कोशी प्रदेशको तराईका केही ठाउँमा हुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले ती ठाउँका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाका साथै मधेस र कोशी प्रदेशको तराईका केही ठाउँमा हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.