नुवाकोट, १७ साउन । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाँउपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा हुदैँ बगेको कोशी खोलामा बुधबार आएको बाढीले पिमलटार स्थित फाँटमा पस्दा एकसय परिवार किसानको पाचसय ५० भन्दाबढी रोपनी खेतमा लगाएको धानखेत (रोपो) पूरै क्षति गरेको हो ।
ग्रेगर सहितको लेदो बाढी धानखेतमा पसेर बगरमा परिणत बनाएको स्थानीय किसान आरबी नेपालले जानकारी दिनुभयो । उहाँको अनुसार किसानले असारमा रोपेको धानबालीमा केही दिनअघि रासायनिक मल राखेर हरियाली बनाएको रोपो अधिकांश नष्ट भएको छ ।
“बाढी रोकिएपछि रोपो उठाउन कोशिस गरेपनि ग्रेगर सहितको बालुवा र लेदोले पुरेकाले अधिकांश क्षति पुगेछ ।” उहाँले भन्नुभयो “दुईसय रोपनी खेतलाई क्षति पु-याउदै अहिले खोला बगिरहेको छ भने चारसय रोपनी खेतमा लगाएको रोपोलाई क्षति पु¥याएर बालुवा र ग्रेगर भरिएका छन् ।”
बाढीको कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ । पुलको एकतर्फी पिल्लर बगाएसगैँ पुलबाट आउजाउ गर्न नहुने भएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रुपमा गर्दै आएको माछा खेतीको पोखरीमा पनि क्षति पुराएको छ । उहाँले पालन गरेको दशवटा पोखरीमा कोशाी खोला पसेर माछा प्रभावित बनाएको छ भने पोखरीमा ग्रेगर भरिएका छन् ।
क्षति पुगेको स्थानमा आवश्यक अुनगमन र क्षतिको लगत लिएर किसानलाई पुगेको नोक्सान प्रति सम्बोधन गर्ने तारकेश्वर गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले जानकारी दिनुभयो । उहाँको अनुसार थप क्षति हुन नदिन र क्षतिको लगत संकलन गर्न प्रभावित स्थानमा प्राविधिकलाई खटाइएको छ ।
“प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई राहत र तत्कालै पुनः खेती लगाउने विषयमा निर्णय गर्नेछौ ।” पालिका अध्यक्ष अधिकारीले भन्नुभयो “आगामी दिनमा खोलालाई खेतमा पस्न नदिन आवश्यक संरचना बनाउन ध्यान दिनेछौ ।”
तस्बिर सौजन्य : आर.बी. नेपाल ।
-रामहरि न्यौपाने