बेलकोटगढी-६ मा खोलातर्दा आमाको हातबाट फुत्किएर बगाउदा बालकको मृत्यु

साउन १७, २०८१ 2024-08-01 मा प्रकाशित
Published at 2024-08-01

85 views

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित पिप्लेका एक बालकलाई बुधबार खोलाले बगाएर मृत्यु भएको छ ।

सोही स्थानमा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँको अनुसार बालकलाई उनको आमा बिना भण्डारी (लामिछाने)ले हात समातेर सगैँ खोला तर्ने क्रममा चिप्लिदा खोलाले बगाएर दुईसय मिटर तल पुराएपछि उद्धार गरिएको थियो । सो क्रममा बालकको घटनास्थलमा नै निधन भएको हो ।

खोलाको चिप्लो ढुङ्गामा पानीको बहाबले लडाएसगैँ आमाको हातबाट फुस्किएर बालकलाई खोलाले बगाएको हो । लड्न पुगेकी आमाले छोरालाई बचाउने प्रयास गरेपनि तत्कालै उद्धार गर्न नसक्दा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.