काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा बुधबार नयाँ रेकर्ड बनेको छ। बुधबार अहिलेसम्मकै झण्डै २२ अर्बको कारोबार भएको हो ।
यसदिन २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो कारोबार रकम अहिलेसम्मकै धेरै हो । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो ।
बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ । १ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक बढेका छन् ।
आत्मनिर्भर लघुवित्तको शेयर मूल्य भने सर्वाधिक ६.५२ प्रतिशत घटेको छ ।