बाग्मतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

साउन १५, २०८१ 2024-07-30 मा प्रकाशित
Published at 2024-07-30

113 views

काठमाडौँ । बाग्मतीका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासकाे मत प्राप्त गर्नुभएकाे छ । आजकाे प्रदेश सभा बैठकमा उहाँले विश्वासकाे मत प्राप्त गर्नुभएकाे हाे ।

मुख्यमन्त्री लामाले राख्नुभएकाे विश्वासकाे मतसम्बन्धी प्रस्तावमा ६४ जना सांसदले समर्थन दिएका छन् । उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ जना सांसदले पक्षमा मत दिएका हुन् । यस्तै माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायतका ३५ जना सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । यसैगरी तीन मत तटस्थमा परेकाे छ । आजको प्रदेश सभा बैठकमा एक सय तीन जना सांसद उपस्थित थिए ।

एक सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा यही साउन ८ गते बाग्मती प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.