
त्रिशूली । त्रिशूली अस्पतालको सामाजिक सेवा इकाई मार्फत प्रवाह गर्दै आएको सेवालाई निरन्तरता दिन बजेटको अभाव भएगसैँ विदुर नगरपालिकाले तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
नगरप्रमुख राजन श्रेष्ठले अस्पतालको ६०औँ बाषिकोत्सव कार्यक्रमलाई सम्बोधनको क्रममा त्रिशूली अस्पतालको तर्फबाट आर्थिक अभावले सामाजिक सेवा इकाईको सेवा सञ्चालनमा समस्या भएको भनेर बजेट माग भए बमोजिम तत्कालको लागी तीन लाख रुपैयाँ सहयोगका घोषणा गर्नुभएको हो ।
त्रिशूली अस्पतालले सामाजिक सेवा इकाई मार्फत गरिब असहाय र विपन्न बिरामीलाई निःशुल्क रुपमा दिदै आएको सेवा बजेट अभावले निरन्तरता दिन कठिनाई भएको भन्दै आर्थिक सहयोग माग गरे अनुसार नगरपालिकाको तर्फबाट नगरप्रमुख श्रेष्ठले नगद तीन लाख सहयोग उपलब्ध गराउने उद्घोष गर्नुभएको हो ।
त्रिशूली अस्पतालको लागी विदुर नगरपालिकाले रेबिज रोग विरुद्धको खोप उपलब्ध, सुत्केरीलाई न्यानो झोला सहितको स्वास्थ्य सरसफाईको सामाग्रि, खोप कार्यक्रम र प्रयोगशालाको लागी आवश्यक जनशक्ती, स्वास्थ्य जाँचको लागी उपकरण, अत्यावश्यक अबस्थामा औषधी सहितको सहयोग पुराउदै आएको छ ।
सोही सहयोगका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिदै सामाजिक सेवा इकाई मार्फत गरिब असहाय र विपन्न बिरामीलाई निःशुल्क उपचारको लागी विदुर नगरपालिकाले तीन लाख रुपैयाँका सहयोग नगरप्रमुख श्रेष्ठले घोषणा गर्नुभएको हो ।
सम्बोधनको क्रममा तीन लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुहुदै नगरप्रमुख राजन श्रेष्ठ ।
त्रिशूली अस्पतालको सामाजिक सेवा इकाईको सेवालाई निरन्तरता दिन आर्थिक अभावले समस्या भएको भन्दै निर्देशक डा राजेन्द्र लामाले सेवा दिदै आएका स्थानका स्थानीयतह, सामाजिक संघसँस्थाहरुसंग सहयोगको अपिल गर्नुभएको छ ।
इकाईले सामाजिक र आर्थिक दृष्टिले पिछडिएका बिरामीहरुलाई विशेष गरेर सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा सहज, सरल, निःशुल्क प्रदान गदै आइहेकाले सोही सेवा कायम राख्न आर्थिक अभाव भएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले बताउनुभएको हो ।
अस्पतालमा उपचारको लागी पुग्ने गरिब, विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, विपत एंव प्राकृतिक प्रकोपबाट पीडित, आकस्मिक बिरामी, सिमान्तकृत तथा लोपोन्मुख बिरामीलाई सरल, सहज र निःशुल्क स्वास्थ्य सेवाको पहुँचमा ल्याउन संबिधानले उल्लेख गरे अनुसार त्रिशूली अस्पतालको सामाजिक सेवा इकाईले सेवा दिदै आएको छ ।
उक्त सेवाको लागी प्रदेस सरकारबाट आएको बजेट अपुग भएकाले नुवाकोट सहित रसुवा, धादिङका स्थानीयतहसंग अस्पतालले सहयोगको माग गरेको हो ।
19.29¡ÆC