काँग्रेस नेताहरूबिच ओली सरकार ढाल्ने र नयाँ बनाउने बारे छलफल

साउन २, २०७३ मा प्रकाशित | 919 views

२ साउन, काठमाडौं ।
नेपाली काँग्रेसका नेताहरूले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर मात्र पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले सभापति देउवासँग आज भेट गरी यस्तो ध्यानाकषर्ण गर्नुभएको हो ।

देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा महतले जानकारी दिनुभयो ।

भेटमा उहाँहरूले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिनुभएको थियो ।

नयाँ सरकार बनाउन काँग्रेसको भूमिका, पाउने मन्त्रालय लगायतका विषयमा समेत पार्टीभित्र छलफल र कुनै जानकारी नगराएको भन्दै नेताहरुले देउवाको आलोचना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web