रामेछापमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गयो

साउन ११, २०८१ मा प्रकाशित | 166 views


रामेछाप । अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको ज्यान गएको छ ।

गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको हो ।

दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनकारी दिनुभयो ।

घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web